रास्वपा चितवनमा खनाल

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा चितवनमा खनाल

चितवन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

राति अबेर सम्पन्न मत गणना अनुसार खनाल दुई सय २२ मतसहित विजयी भएका हुन्। प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले एक सय ११ मत प्राप्त गरे भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गरेका थिए । भुसाल निवर्तमान जिल्ला सभापति हुन्। 

यसैगरी, उपसभापति पदमा निर्मला गिरी एक सय ९० मतसहित निर्वाचित भए भने प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत प्राप्त गरे।

सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल एक सय ९४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेत्र लामिछानेले एक सय ४५ मत प्राप्त गरे । सहसचिवमा कुशल पाठक एक सय ८७ मतका साथ विजयी भए भने प्रतिस्पर्धी पार्वती पाण्डेले ६९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया