राष्ट्रपतिका बारेमा दिएको अभिव्यक्तिबारे रामकुमारी झाँक्रीसँग सोधपुछ गर्दै प्रहरी

राम्रो अनलाइन     २९ माघ २०७७, बिहिबार
राष्ट्रपतिका बारेमा दिएको अभिव्यक्तिबारे रामकुमारी झाँक्रीसँग सोधपुछ गर्दै प्रहरी

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया