आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास गएका हुन् ।
भेटवार्ता भएको भनिए पनि के विषयमा कुराकानी भएको हो त्यसबारे भने केही खुलाइएको छैन ।