राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । 

सोमबार (चैत २३) बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 

नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरिन् । एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । 

उनले यसअघि संविधानसभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । 

प्रतिक्रिया