रानीको ‘अक्कले’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

रानी शाक्य र चन्द्र सिँह घलेको स्वर रहेको ‘अक्कले’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो । यो पप डान्सिङ विटको गीत हो । चन्द्र सिँह घलेको शब्द, संगीत रहेको गीतलाई निरज श्रेष्ठले एरेन्ज गरेका हुन् । फराज अर्पणको निर्देशनमा बनेको भिडियोमा विना राउत र अमृत ढुंगानाको अभिनय छ ।

अभि लामाको कोरियोग्राफी, हरि घलेको छायाँकन रहेको भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन गरेका हुन् । गीतको भिडियोले एक सातामा ३ लाख ८० हजार भ्यूज पाएको छ ।

प्रतिक्रिया