राँगाले हान्दा मृत्यु

राम्रो अनलाइन     १२ चैत २०७७, बिहिबार

सिन्धुपाल्चोक, १२ चैत : आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात् निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताउनुभयो ।
 

प्रतिक्रिया