राजु लामाको ‘मायालु’

राम्रो अनलाइन     १२ कात्तिक २०७८, शुक्रबार

 

‘मायालु’ शीर्षकको गीतमा राजु लामा र अलिशा घिमिरेको स्वर रहेको छ । गत मंगलबार यो गीत भिडियोसहित सार्वजनिक भएको हो । राजुकै शब्द, संगीत रहेको गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा राजु लामा स्वयंम र रजनी गुरुङले अभिनय गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ । राजु लामाकै युट्युबमा सार्वजनिक भिडियोलाई शुक्रबारसम्म २ लाख ५० हजार बढी पटक हेरिएको छ ।

प्रतिक्रिया