पशुपतिनाथ मन्दिर परिसरमा बीओकेको  डिजिटल दान पेटिका 

राम्रो अनलाइन     १६ फागुन २०७७, आइतबार
पशुपतिनाथ मन्दिर परिसरमा बीओकेको  डिजिटल दान पेटिका 

बैंक अफ काठमाण्डू (बीओके) ले डिजिटल कारोबार (क्यूआर कोड) विस्तार गर्ने क्रममा पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटी संकलनार्थ क्यूआर कोड सेवा सुरु गरेको छ ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, बैंक सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ  बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त सहभागी थिए । 

गभर्नर अधिकारीले डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी पशुपतिनाथ भगवान्लाई डिजिटल तवरले दान दिएर कार्यक्रम उद्घाटन गरे ।  
उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालुलाई डिजिटल रूपमा दान गर्ने व्यवस्था मिलाएकामा बैंक पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद दिए । उनले नगदरहित कारोबारलाई राष्ट्र बैंकले अभियानको रूपमा सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको जानकारी दिए । 
हालसम्म बैंकले ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
 

प्रतिक्रिया