पशुपति शर्मा र लक्ष्मी मल्लको स्वरमा बिहीबार मात्रै ‘दोहोरीको राजा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा दरबार भित्र हुने सांगीतिक माहोलको विषयलाई रोचक ढंगले समेटिएको छ । गीतमा नकुल ढकालको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा अञ्जली अधिकारी, लोमश शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, नकुल ढकाल, लगायतको अभिनय रहेको छ ।
निशान कश्यपको निर्देशन एवं सम्पादन रहेको भिडियोमा सन्तोष राज वाहकको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन छ । भिडियोले शुक्रबार दिउँसोसम्म ७५ हजार बढी भ्यूज पाएको छ ।