प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

राम्रो अनलाइन     १७ फागुन २०७७, सोमबार

काठमाडौँ, १७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् । 

प्रतिक्रिया