काठमाडौँ : प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । दिउँसो एक बजे संसद् भवन वानेश्वरमा बस्ने बैठकमा तीन प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची संघीय संसद् सचविालयले जारप्ी गरेको सूचनामा उल्लेख छ ।
संभावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ताको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
त्यस्तै उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
