सुजन चापागाँई र विद्या तिवारीको स्वरमा रहेको ‘बाफ’शीर्षकको गीत गत आईतबार सार्वजनिक भएको हो । यसअघि ‘के माया लाग्छ र रु’, ‘तिनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डु स्टुडियोले यस भिडियो सार्वजनिक गरेको हो ।
यस गीतमा ‘के माया लाग्छ र ?’, ‘तिनपाते’ गीतकै रचनाकार हर्क साउदको शब्द रहेको छ । नविन चौहानको कथा तथा निर्देशनमा कलात्मक शैलीमा यस गीतको भिडियो तयार पारिएको छ । भिडियोमा गायक प्रताप दासको अभिनय हेर्न सकिन्छ । साथमा शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ्ग, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउद लगायतले भिडियोमा अभिनय गरेका छन् । प्रेमकथामा बनेको गीतमा अनिश स्याङ्ग्देनको छायाँकन, सुरज पौडेलको सम्पादन छ । यस गीत र भिडियोलाई स्रोता उवं दर्शकले प्रशंसा गरेका छन् । आर्टमाण्डुकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले अहिलेसम्म ६ लाख ३५ हजार भ्युज बटुल्दै युट्युब ट्रेन्डिङको शीर्ष ५ स्थान ओगटेको छ ।