प्रमोद खरेलको स्वरमा ‘कसलाई दोष’ बोलको गीत सार्वजनिक भयो । सुनिल बिसीको शब्द एवं संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ । विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, सुस्मिता बमरेल, दिनेश कठायतको अभिनय हेर्न सकिन्छ ।
प्रकाश खड्काको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । चार दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा ३ लाख १० हजार बढी भ्यूज पाएको छ ।