काठमाडाैं– ‘टिन ग्लेम वर्ल्ड २०२५’ को सेकेन्ड रर्नर अपको उपाधि नेपालले हात पारेको छ । गत साता भारतको केरेला राज्यको गोकुलम कन्भेन्सन सेन्टरमा भएको ग्राण्ड फिनालेमा नेपालकी प्रिन्सु गुरुङले उपाधि हात पारेकी हुन् ।
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन ग्लेम वर्ल्ड २०२५’ सौन्दर्य प्रतियोगितामा नेपाल लगायत अन्य राष्ट्रहरु युकेन, थाइल्याण्ड, ताइवान, साउथ अफ्रिका, सरबिया, रसिया, रोमानिया, नाइजेरिया, मंगोलिया, मेक्सीको, जापान, इजराइल,भारत, घाना, फ्रेन्च, गुइना, फ्रान्स, ग्रीक रिपब्लिक, क्यामरोनका १३ देखि १७ बर्ष सम्मका किशोरीहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा फ्रान्सकी Belle Fontaine Marie ‘टिन ग्लेम वर्ल्ड २०२५’ की बिजेता बनेकी थिइन भने ताइवानकी Joanna फर्स्ट रर्नर अप र नेपालकी १४ बर्षिया प्रिन्सु गुरुङले हात पारिन। त्यस्का साथै प्रिन्सु Teen Glam World Congeniality बनिन् ।
यस्तै टिन ग्याल्म वल्र्ड प्रतियोगितामा नेपालकै आकृति के.सीले ‘मिस ट्यालेन्ट’ को उपाधि जित्न सफल भइन् । नेपालको प्रतिनिधित्व गर्ने प्रिन्सु र आकृतिको पहिरनहरु नेपाल फेशन एकेडेमीका विद्यार्थीहरुले तपार पारेका थिए । ‘इभेन्ट फर यु’को व्यवस्थापनमा प्रतियोगीहरु भारतको केरेला मा सहभागी भएका थिए ।
‘टिन ग्लेम वर्ल्ड २०२५’ काे सेकेन्ड रर्नर अप प्रिन्सु गुरुङ्ग 'मिस एस ई ई पोखरा २०२५' को विजेता हुन् । यस्तै, प्रिन्सुले कम अवधिका वाबजुद प्रिन्सु गुरुङ्गले सेकेन्ड रर्नरअपको उपाधि जित्नु हामीहरूकाे लागि मुख्य ताज जित्नु सरह रहेको नेपालका नेशनल डिरेक्टर बिशाल गुरुङले बताए ।
