प्रहरी प्रवक्ता कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ 

राम्रो अनलाइन     १२ असोज २०८१, शनिबार


काठमाडौँ– नेपालीहरूको ठुलो चाड दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीको शब्द रहेको दसैँ गीत ‘दसैँ रमाइलो’ सार्वजनिक भएको छ । 

गीतमा गायक राजेशपायल राई र गायिका मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्वय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् । दसैँको रौनक देखिने गीतमा तीनैजनाले टीका र जमरा लगाएर छमछमी नाचेका छन् । 

करणसिंह चैसिरको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् । 

‘विशिष्ट सांस्कृतिक महत्त्व बोकेको नेपालीहरूको महान् चाड हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले समग्र नेपालीमा उत्पन्न गर्ने हौसला र दसैँ मान्न नपाउनेहरूको समग्र मनस्थिति र अवस्थालाई यो गीतमार्फत झल्काउन खोजिएको छ । गीत समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी र यसको सांस्कृतिक महत्वलाई उजागर गर्नेगरी बनाइएको छ । 

प्रतिक्रिया