भ्यालेन्टाइन्स डेका दिन धेरै युवायुवतीले आफूलाई मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गरेका छन्। प्रेममा गम्भीर हुनेले प्रेमी–प्रेमिकालाई नै जीवनसाथी बनाउने गरेका छन्। तर, जीवनसाथी रोज्नुअघि र प्रेम प्रस्ताव स्वीकार गर्नुअघि धेरै कुरामा ध्यान दिनुपर्छ।
१.आफूले मन पराइरहेको व्यक्तिले सुखमा मात्र होइन, दुःखमा पनि साथ दिनेछ भन्नेमा आश्वस्त भएपछि प्रेम प्रस्ताव स्वीकार गर्नुपर्छ। मनमा कुनै दुविधा भएमा सोचविचार गरेर निर्णय लिनु ठीक हुनेछ।
२.आफूले रोजेको व्यक्ति भावनात्मक रूपमा परिपक्व छ वा छैन, यसबारे बुझ्नुपर्छ।
३.कसैलाई जीवनसाथी बनाउनअघि आर्थिक मुद्दामा कुराकानी गर्नु आवश्यक छ। एकअर्काको आर्थिक आशा र अपेक्षा बुझेर अघि बढ्दा राम्रो हुन्छ।
४.बिहेपछि जिम्मेवारी बढ्छ। प्रेम प्रस्ताव राख्ने मान्छे बिहेपछि जिम्मेवारी पूरा गर्न सक्छ वा सक्दैन, यसबारे सोच्नुपर्छ। ढुक्क भएपछि मात्र निर्णय लिनुपर्छ।
५.दुवै जनाको विचार मिल्छ कि मिल्दैन, यता पनि ध्यान दिनुपर्छ। विचार मिलेन भने सम्बन्ध लामो समयसम्म टिक्न सक्दैन।