प्रधानमन्त्रीमा दावी पेश गर्न देउवासहितका नेताहरू शीतलनिवासमा

राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
प्रधानमन्त्रीमा दावी पेश गर्न देउवासहितका नेताहरू शीतलनिवासमा

काठमाडौं : संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया