काठमाडौं – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाहले हचुवाको भरमा अरूको भूमि मिचेको अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले अहिलेको व्यवस्था ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको भन्दै प्रधानमन्त्रीले हचुवाको भरमा नेपालले भारतको भूमि मिचेको भनेको उनले बताए ।
‘जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती रहेकाले यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ,’ महरले भने ।
नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको भन्दै उनले नेपालले कसैको पनि भूमि नमिच्ने उल्लेख गरे ।