प्रधानमन्त्रीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

राम्रो अनलाइन     १७ वैशाख २०७८, शुक्रबार
प्रधानमन्त्रीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।
राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए । औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा  दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया