काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओली मङ्गलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्रयाकको निरीक्षणमा गएका हुन् । फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीव्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन्।