प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

राम्रो अनलाइन     १९ वैशाख २०७८, आइतबार
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने बताएका हुन् ।  

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे मन्त्रीहरूलाई जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते निर्णय गर्दै नेकपा खारेज गरेपछि पूर्ववत फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः अस्तित्वमा ल्याएको थियो।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेको छ भने नेपाली कांग्रेसलगायत दलहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।
यस्तो तयारीबीच प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गृहकार्य गरेका हुन् ।

प्रतिक्रिया