प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने भएका छन्।
प्रधानमन्त्री ओलीले कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यता जान लागेका हुन् ।
प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा धनगढी जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जाने स्रोतको भनाइ छ।
०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो।
त्यसबेला केही बजेटसमेत विनियोजन भए पनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू भएको थिएन।