प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

राम्रो अनलाइन     १८ चैत २०८२, बुधबार
प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत १८) वाग्मती र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् । 

खेलमा वाग्मती दोस्रो जितको खोजीमा हुनेछ । तालिकाको आठौँ स्थानमा रहेको वाग्मतीले चार खेलबाट एक जित र तीन हारसहित दुई अंक जोडेको छ ।  कर्णाली भने पहिलो जितको खोजीमा हुनेछ । पाँच खेल खेलिसक्दा पनि कर्णालीले जितको खाता खोल्न सकेको छैन । तालिकाको पुछारमा रहेको कर्णालीले पाँच खेल खेल्दा एक अंक जोडेको छ । यो एक अंक भने टोलीले खेल रद्द भएपछि प्राप्त भएको हो । 

यी दुईबीचको खेल जनकपुरको रामजानकी बहुदेश्यीय क्रिकेट रंगशालामा बिहान ९ बजे हुने तालिका छ । आजै प्रतियोगिताअन्तर्गत हुने दोस्रो खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशसँग खेल्दै छ । 

खेलमा एपीएफ दोस्रो जितको लक्षमा हुनेछ । तालिकाको सातौँ स्थानमा रहेको एपीएफले चार खेल खेल्दा एक जित र दुई हारसहित तीन अंक जोडेको छ । एपीएफको एक खेल भने रद्द भएको थियो । 

लुम्बिनी पनि दोस्रो जितको खोजीमा हुनेछ । समान खेल खेल्दा लुम्बिनीले पनि एक जित र दुई हारसहित तीन अंक जोडेको छ । लुम्बिनीको पनि एक खेल रद्द भएको थियो ।  यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा बिहान ९ बजे हुनेछ ।

प्रतिक्रिया