प्रदेश १ सभाको बैठक तीन मिनेट बसेर स्थगित भएको छ । बुधबार हिउँदे अधिवेसनको पहिलो बैठक सुरु भएको तीन मिनेटमै स्थगित भएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर बैठक सकिएको हो ।
सभामुख भण्डारीले पत्र पढेर सुनाए लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।