प्रचण्ड-माधव समूहको हडताल : बन्द गर्न कलंकी पुगेकी अष्टलक्ष्मी शाक्य पक्राउ

राम्रो अनलाइन     २२ माघ २०७७, बिहिबार
प्रचण्ड-माधव समूहको हडताल : बन्द गर्न कलंकी पुगेकी अष्टलक्ष्मी शाक्य पक्राउ

नेकपा  प्रचण्ड-माधव समूहले आह्वान गरेको हडताल सफल पार्न कलंकी पुगेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उनी कलंकीबाट पक्राउ परेकी हुन् ।

'आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ', रिजालले ट्वीटरमा भनेका छन् ।

प्रचण्ड-माधव पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी संवैधानिक नियुक्तिहरू खारेज गर्न माग गर्दै बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । 

प्रतिक्रिया