पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

राम्रो अनलाइन     १४ जेठ २०८१, सोमबार
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

 

गुल्मी–  गुल्मीमा ढुंगासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुंगा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए ।

सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २/३ दिन लाग्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ ।

 

प्रतिक्रिया