काठमाडौँमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ। फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन्। काठमाडौँ, चाबहिलको चिरपरिचत स्थान हो, केएल टावर। यही टावरको छतमा खुलेको छ, इम्पेरियल ब्यांक्वेट।
टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ। अग्लो स्थानमा रहेको ब्यांक्वेटमा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवाका साथ काठमाडौँ उपत्यकाको विशाल भ्यू पनि हेर्न सकिने इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुप शर्मा बताउँछन्। यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेटको व्यवस्थापन हेर्दै आएका शर्मा इम्पेरियल काठमाडौँ उपत्याकाको उत्कृष्ट ब्यांक्वेट भएको दाबी गर्छन्।
लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण इम्पेरियलले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको शर्मा बताउँछन्। दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक रहेको इम्पेरियल भिजिट गर्ने जोकोही पनि यसको सजावट र यहाँबाट देखिने उपत्यकाका दृश्य हेरेर मुग्ध हुने शर्मा बताउँछन्।
ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ। तर, इम्पेरियलले कम्तीमा ५० जना मात्र हुने पार्टी र कार्यक्रमका लागि पनि सेवा उपलब्ध गराउँछ। ५० जनादेखि दुई हजारसम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको सीईओ शर्मा बताउँछन्। थाइल्यान्डबाट ल्याइएका इन्टेरियर सामानले इम्पेरियल भव्य देखिन्छ। पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिफ्टको व्यवस्था गरिएको छ। खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले इम्पेरियल काठमाडौँको उत्कृष्ट ब्यांक्वेट भएको दाबी सञ्चालकहरूको छ।
फाउन्टेन बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपी डिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन्। ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ। आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ।
बच्चाका लागि खेल्ने ठाउँसमेत रहेको इम्पेरियलमा बर्थडे पार्टी, सेमिनार, मिटिङ आदि पनि आयोजना गर्न सकिन्छ। ‘फुड, इन्टरटेनमेन्ट एन्ड इभेन्ट्स’ इम्पेरियलको मुख्य स्लोगन रहेको छ। विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज ब्यांक्वेटमा उपलब्ध छ। हस्पिटालिटी ब्रिजसँगको सहकार्यमा इम्पेरियलले सेवा उपलब्ध गराउँछ। इम्पेरियलमा सेट गरिएको लाइटिङ सिस्टमले यसलाई निकै भव्य देखाएको छ।