पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओली निष्कासित

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार
पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओली निष्कासित

नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीक साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । नेकपाको प्रचण्ड(माधव पक्षको स्थायी समिति बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेको र पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको जानकारी दिएका छन् ।

यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने– ‘यसअघि पार्टी अध्यक्षबाट हटाएपछि पनि उनले राष्ट्र, जनता, संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानअनुसार उनलाई स्पष्टीकरण सोधिएको तर त्यसको जवाफ९स्पष्टीकरण० नदिएपछि आजको स्थायी कमिटी बैठकले पार्टी सदस्यबाट हटाउने निर्णय गरेको  छ ।’ 

प्रतिक्रिया