धनुषा–नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दावी गरेकी छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिइसकेकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन् ।
राणा आइतबार छठ पर्वमा दर्शन गर्न जनकपुरधाम आएकी छन् । उनी आज दिउँसो जनकपुरधामस्थित गंगासागरमा छठ पर्व हेर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा नेतृ राणा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए ।
सोमबार नै उनी नगराईन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने क्षेत्रीय सभापति निधिले जानकारी दिए ।
दिनको खानापछि केहीबेर होटलमा विश्राम गरेर साँझ छठ पर्व र गगां आरती हेर्न राणा गंगा सागर पुग्ने छ।
राति होटलमा विश्राम गरेर सोमबार बिहानै सूर्योदयअघि राणाको पूर्वउपसभापति निधिको गाउँ नगराईन पुगेर छठ पर्व हेर्ने कार्यक्रम समेत रहेको हो।
उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न भइसकेपछि पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिको निवासमा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि राणा र पुर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले नगराईन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने छ।