विधि
१ दुवै गोडाका दुवै पैताला ठ्याम्मै जोड्ने, पिडौँला र तिघ्रा पनि जोडिनुपर्छ
२ दुवै हात सीधा तन्काउने
३ पेट भित्र तान्दै छाती फुलाएर बाहिर पार्ने
४ गर्धन र टाउको सीधा पार्ने
५ बिस्तारै श्वास तान्दै दुवै हातलाई माथि उठाउने
६ तानेको श्वासलाई बिस्तारै छाड्दै दुवै हात र शरीरलाई अगाडि झुकाउने
७ दुवै हातले घुँडापछाडि अथवा पिँडौलामा समाती टाउकोले घुँडा छुन कोसिस गर्ने
८ घुँडा छुन गाह्रो भए, हातले गोडाका औँला वा भुइँ छुन कोसिस गर्ने
९ श्वासप्रश्वासलाई सामान्य बनाइराख्ने
१० निश्चित समय बसिसकेपछि बिस्तारै श्वास तान्दै शरीर र हातलाई माथि उठाउने र बिस्तारै श्वास छाड्दै दुवै हातलाई तल झार्ने
११ दुवै गोडालाई एक फिटजति फट्याउने, गोडालाई लुलो पार्दै आँखा बन्द गर्ने र सारा शरीरलाई शिथिल छाड्दै आराम गर्ने
पादहस्तासनले निम्न रक्तचाप, रिंगटा, कब्जियत, ग्यास्ट्रिक, पिसाब तथा पाठेघरसम्बन्धी रोग, कलेजो, फियो, पित्तथैली तथा आमाशयसम्बन्धी रोगहरूमा फाइदा गर्छ। यसले थकान हटाउँछ, बन्द नाक खुलाउँछ, एकाग्रता बढाउँछ र गहिरो निन्द्रा दिलाउँछ। उच्च रक्तचाप, हृदय रोग भएकाहरूले यो आसन गर्नु हुँदैन।