काठमाडौँ – गायिका नम्रता तामाङको गीत ‘दिलमा चुकुल’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द, संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज छ ।
भिडियो अभिनयमा प्रियंका कार्की र विनोद न्यौपाने हरेका छन् । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । अजय रेग्मीको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।