निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

राम्रो अनलाइन     ०७ मंसिर २०८२, आइतबार
निर्वाचनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

काठमाडाैं–  नेपाली कांग्रेसले संघीय संसदको दुवै सदनको आगामी निर्वाचनका लागि दल दर्ता गरेको छ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि दल दर्ताको प्रक्रिया पूरा गरिएको उनले बताए। माघ ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनका लागि दल दर्ताको लागि आज अन्तिम म्याद थियो।

त्यस्तै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय तोकिएको छ।

कांग्रेसले हिजो सम्पन्न केन्द्रीय समिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।

प्रतिक्रिया