नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

राम्रो अनलाइन     ०१ माघ २०७७, बिहिबार
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली पुगेका छन्। नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन बिहीबार उनी भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्।

ज्ञवाली शुक्रबार आयोगको बैठकमा सहभागी हुनेछन् भने औपचारिक कार्यक्रमबाहेक दिल्लीमा उच्च अधिकारीसँग भेटवार्ता समेत गर्ने जनाइएको छ। 

मन्त्री ज्ञवालीको यो भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। 

विगत एक वर्षयता नेपालबाट यो स्तरको भ्रमण भएको पहिलोपटक हो। भारतबाट पछिल्लो पटक उच्च स्तरीय अधिकारीको लगातार भ्रमणपछि यो भ्रमण सम्भव भएको हो।

यो भ्रमण नेपालमा राजनीतिक परिदृश्य बदिलिएको बेला भएकाले पनि अर्थपूर्ण रहेको विश्लेषकहरूले बताएका छन्। पछिल्लो समय नेपालमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेको छ।

यसैगरी नेपाल–भारत सम्बन्धमा भएको चिसोपन मेटाउन पनि यो भ्रमणले टेवा पुर्‍याउने आँकलन गरिएको छ। नक्सा प्रकरणपछि नेपाल–भारतबीच सम्बन्ध चिसिएको थियो।

मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्किनेछन्।
 

प्रतिक्रिया