नेपाल–भारत संयुक्त आयोग बैठक सम्पन्न, सीमाबारे पनि छलफल

प्रा. दिनेशराज पन्त     ०२ माघ २०७७, शुक्रबार
नेपाल–भारत संयुक्त आयोग बैठक सम्पन्न, सीमाबारे पनि छलफल

नेपाल–भारत संयुक्त आयोग बैठकमा विवादित सीमाका बारे पनि छलफल भएको छ । शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा सीमा विवादका विषय उठाइए पनि औपचारिक एजेन्डा भने नबनेको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीचको भेटमा सीमा विवाद, कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्ध लगायतका विषयमा कुरा भएको हो । यी दुबै कुरामा भारत सकारात्मक रहेको बैठकपछि मन्त्री ज्ञवालीले बताएका छन् ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले सीमा विवाद, व्यापार, कृषि, उर्जा, कोभिड खोप, पारवहन लगायत विषयमा छलफल हुने विज्ञप्तिमार्फत जनाएको थियो । तर भारतको विदेश मन्त्रालयले शुक्रबार ज्ञवाली दिल्ली प्रस्थान गरेपछि नै सीमाबारे छलफल नहुने प्रतिक्रिया दिएको थियो । 

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोगको बैठक सीमा विवादबारे छलफल गर्ने मञ्च नभएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया