आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
यसअघि विभिन्न तीन चरणमा आन्दोलनका कार्यक्रम गरेको नेकपाले आइतबार चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनमा फागुन ५ गतेदेखि १२ गतेसम्म प्रदेशस्तरीय कमिटीको योजनामा जिल्लाहरूमा प्रदर्शन तथा सभा गर्ने, टुँडिखेलमा फागुन ६ गते मानव साङलो बनाएर विरोध गर्नेलगायतका १२ बुँदामा आन्दोलनको घोषणा गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि प्रचण्ड-माधव समूहले विरोधसभादेखि हडतालसम्म गरेको थियो ।

