मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

राम्रो अनलाइन     १८ जेठ २०७८, मङ्गलबार
मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

मुगु १८ जेठ : कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । 

उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा  जान नमानि घरमा नै रही  जडिबुटी सेवन  गरिरहेको बताइएको छ ।  बृद्धाको मृत्युपछि  गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन ।  हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया