मुगुका गाउँपालिका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले त्यागे एमाले

राम्रो अनलाइन     २० कात्तिक २०८२, बिहिबार
मुगुका गाउँपालिका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले त्यागे एमाले

मुगु – मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीले एमाले परित्याग गरेका छन्। उनी  एमाले पूर्वकेन्द्रीय सदस्य हुन्।

उनी बिहीबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्। बिहीबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्। 

त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन्। सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भइसकेको जानकारी गराइसकेका छन्।

प्रतिक्रिया