काठमाडौँ- गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘मन मायाँ’ युट्युब ट्रेन्डिङको नम्बर ६ मा आउन सफल भएको छ । गीतमा तिमिल्सिनाललाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । पुस्कर खत्रीले म्यूजिक एरेन्ज रहेको गीतको शब्द तथा संगीत गायक तिमिल्सिनाकै रहेको छ ।
गीतको भिडियोमा गायक तिमिल्सिनासँगै मोडल आस्मा विश्वकर्मा, दीपक ढकाल र हेमराज अधिकारी (खण्टे खलास) को नृत्य तथा अभिनय छ । विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सुनिता लाम्गाडको आकर्षक र्याप रहेको छ । पछिल्लो समय युवाले एकदमै रुचाएकी मोडल आस्मा विश्वकर्माले गीतमा हट अवतारमा नृत्य गरेकी छन् । गायक तिमिल्सिनाका यसअघि मेरी चम्मा, मुगु रारा तालैमा लगायतका गीतकाले पनि चर्चा पाएका थिए ।