काठमाडौं– विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्यूटी क्वीन नेपाल २०२४ को सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनबाट १५ जना छनौट भएका छन् ।
_1720539777.jpg)
उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट काठमाडौं आएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलालाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।
_1720539807.jpg)
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागिताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।
_1720539837.jpg)
_1720539865.jpg)
_1720539894.jpg)
_1720539920.jpg)