मिस वर्ल्ड २०२५ को फाइनलमा प्रतिस्पर्धा गर्दै सृच्छा प्रधान (तस्बिरसहित)

राम्रो अनलाइन     ०८ जेठ २०८२, बिहिबार
मिस वर्ल्ड २०२५ को फाइनलमा प्रतिस्पर्धा गर्दै सृच्छा प्रधान (तस्बिरसहित)

मिस नेपाल वल्र्ड २०२३ की विजेता सृच्छा प्रधानले मिस वर्ल्डका प्रारम्भिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। उनले नेपाललाई चिनाउने उद्देश्यले परम्परागत पहिरन, संस्कृति र मूल्यलाई ग्लोबल मञ्चमा प्रस्तुत गरिरहेकी छन्। मिस वर्ल्ड प्रतियोगिता हाल भारतमा विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ र फाइनल कार्यक्रम ३१ मे मा सम्पन्न हुने तय भएको छ। सृच्छा प्रधानको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य तथा सामाजिक अभियानको मञ्चमा थप पहिचान दिलाउने विश्वास गरिएको छ।

प्रतिक्रिया