मिस नेपालको प्ल्याटफर्ममा आफूलाई शत प्रतिशत समय दिन पाइरहेकी छु : सान्भी मण्डल

राम्रो अनलाइन     २३ साउन २०८२, शुक्रबार
मिस नेपालको प्ल्याटफर्ममा आफूलाई शत प्रतिशत समय दिन पाइरहेकी छु : सान्भी मण्डल

मिथिलाको जनकपुरमा हुर्किएकी २२ वर्षकी सान्भी मण्डलले ब्याच्लर्स इन बिजनेश गरेकी छिन् । भर्खरै स्नातक तह अध्ययन पूरा गरेकी उनले यस प्ल्याटफर्ममार्फत आफूमा भएका सम्भावाना र इच्छाहरूलाई केलाउन खोजिरहेको बताउँछिन् । ‘यो समय नै मेरो लागि बेस्ट समय हो । जहाँ मैले आफूलाई शत प्रतिशत समय दिन सकिरहेकी छु ।’ यस्तै सान्वी जीवन छोटो हुने भएकाले पछि पछुताउनको लागि समय खेर फाल्न नहुने कुरामा विश्वास राख्छिन् । उनी भन्छिन्, ‘म मिस नेपाल प्रतियोगिता मार्फत महिला सशक्तिकरणमा परिवर्तन, मानसिक स्वास्थ्यका समस्या, जलवायु परिवर्तन,र सामाजिक मुद्दाहरूलाई विस्तृतमा नियाल्दै छोटो जीवनमा धेरै काम गर्न चाहान्छु ता कि पछि गएर पछुताउनु नपरोस् ।’  

 

प्रतिक्रिया