म समाजमा सकारात्मक प्रभाव पार्ने दृढ लक्ष्यका साथ अगाडि बढिरहेको व्यक्ति हुँ। मेरो विश्वास छ— “अँध्यारो कोठामा केही नदेखेर बस्नुभन्दा एउटा मैनबत्ती बालेर केही उज्यालो देख्नु राम्रो हो।”

हरेक वर्ष मैले देख्दै आएको छु कि मिस नेपालको प्लेटफर्ममार्फत कुनै न कुनै समुदायमा आशाको उज्यालो फैलिएको हुन्छ। यो वर्ष म आफैं त्यो उज्यालोको स्रोत बन्न चाहन्छु।
म आफूलाई केवल सिमित दायरामा राख्न चाहन्न, बरु आफ्नो सान्त्वनाको घेराबाट बाहिर निस्केर नयाँ अनुभव, चुनौती र अवसरहरूलाई अँगाल्न चाहन्छु।

मेरो लक्ष्य आफ्नो पूर्ण क्षमताको खोजी गर्दै एउटा आत्मविश्वासी, विनम्र र जिम्मेवार नेतृत्व क्षमता विकास गर्नु हो। म नेतृत्वलाई अरूको माथि उभिने स्थान होइन, बरु अरूलाई साथ दिने, अघि बढ्न प्रेरित गर्ने र सामूहिक सफलताको लागि योगदान दिने माध्यमको रूपमा बुझ्छु।
म यो यात्रालाई आफूभित्रको सुन्दर रूपान्तरणको प्रक्रिया मानेर, पुतलीजस्तै कोषबाट बाहिरिएर नयाँ उचाइमा पुग्न चाहन्छु।