मिस नेपाल मेरा लागि ‘समृद्ध नेपाल’ निर्माणतर्फको यात्रा हो : प्रियंका थापा

राम्रो अनलाइन     २१ साउन २०८२, बुधबार
मिस नेपाल मेरा लागि ‘समृद्ध नेपाल’ निर्माणतर्फको यात्रा हो : प्रियंका थापा

पेसाले म एकाउन्टटेन्ट हुँ । उद्यमीहरूका लागि मार्गदर्शक हुने सोच छ  मेरो । म महिलाहरूलाई वित्तीय साक्षरतामार्फत सशक्त बनाउन चाहन्छु । म महिलालाई ज्ञान र आत्मविश्वासले जीवन कसरी सक्षम बनाउन सकिन्छ भन्ने कार्यमा काम गर्दै आईरहेकी छु । 

सानी हुँदा मैले लेख्ने प्रत्येक निबन्ध ‘नेपाल एक विकासोन्मुख देश हो’ भन्ने वाक्यबाट सुरु हुन्थ्यो। सानो उमेरमै मैले एउटा त्यस्तो सपना देखेँ एक दिन ‘विकासोन्मुख’ देशलाई ‘विकसित’ मा रूपान्तरण गर्ने। त्यो बेला सरल जस्तो देखिएको सपना आज आएर ठूलो दृष्टिकोण भएको मैले बुझेकी छन्। आज म मिस नेपालको मञ्चमा उभिएर स्पष्ट उद्देश्यसहित अघि बढेकी छु । महिलाहरूलाई वित्तीय साक्षरतामार्फत सशक्त बनाउने र शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत अधिकारमा सबैको समान पहुँचको पक्षमा आवाज उठाउने मेरो लक्ष्य छ। मेरो लागि मिस नेपालको प्लेटफर्म एकएक पाइला अगाडि बढ्दै ‘समृद्ध नेपाल’ निर्माणतर्फको यात्रा हो।

 

प्रतिक्रिया