काठमाडौं– विर्तामोड, नेपालगञ्ज र जनकपुरपछि ‘मिस नेपाल २०२५’को काठमाडौं अडिसन आयोजना गरिएको छ ।

शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित अडिसनमा ९० सुन्दरीले भाग लिए ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’का अनुसार १० जना उचाइको कारण अयोग्य भए । दुईजनाले अनलाइन अडिसन दिए । यीमध्येबाट सोमबारसम्म ३० जना छनोट हुनेछन् ।

त्यसबाट पनि १ सातामा ४ जना बाहिरिनेछन् । संस्थाका निर्देशक प्रमोद कंशाकारले अडिसनमा आवेदकको सहभागिता उत्साहजनक रहेको बताए ।

फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।

१४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरन्यासनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


