काठमाडौँ– काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा १ हजार ९ सय ५० सेट डस्टबिन राख्ने भएको छ । महानगरपालिकाले प्रत्येक सेटमा २ वटा बिन राख्ने भएको छ । जसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि रहेको महानगरले जनाएको छ ।
वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, – ‘उत्पादन भएकै ठाउँमा फोहोर छुट्ट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजना बमोजिम बिन राख्न लागिएको हो,’। उनले भने ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ ।’
महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेको उनले बताए ।