‘मेरो लागी मिस नेपाल केबल एउटा मञ्च होइन, यो आफैंमा एउटा संसार हो’ : सृष्टिकुमारी तामाङ

राम्रो अनलाइन     २४ साउन २०८२, शनिबार
‘मेरो लागी मिस नेपाल केबल एउटा मञ्च होइन, यो आफैंमा एउटा संसार हो’ : सृष्टिकुमारी तामाङ

सृष्टि ‘साइकोलोजी’ अध्ययन गरिहेका विद्यार्थीहरूका लागि सामाजिक कार्यकर्ताका हुन् । यसका साथै  उनी ‘साउन्ड इन्जिनियर’ तथा गायिका समेत हुन् । सृष्टि आफ्नो  संगीतमार्फत मानसिक स्वास्थ्य सर्भाइवरहरूका लागि परामर्श र सहयोग गर्दै आइरहेकी छिन् ।

‘मेरो लागि  मिस नेपाल केबल एउटा मञ्च होइन, यो आफैंमा एउटा संसार हो । यो मञ्चले मलाई मानसिक स्वास्थ्य विषयहरूमा जनचेतना फैलाउन अवसर दिन्छ, जसलाई म गहिरो रूपमा माया गर्छु र महत्व दिन्छु । यस्तै मिस नेपालले मलाई केबल बाह्य रूपमा होइन, आन्तरिक रूपमा पनि धेरै कुराहरु सिकाएको छ जस्तै–‘विभिन्न तालिमहरू र ग्रुमिङ सेसनमार्फत, जसले मेरो व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमतामा निखार ल्याउँछ ।’ 

 

प्रतिक्रिया