मेलिना र बिकुको दुधको साक्षी बिरालो सार्वजनिक 

राम्रो अनलाइन     ०२ साउन २०७९, सोमबार

 

गायक बिकु क्षेत्रीको सुमधुर स्वरमा सजिएको दुधको साक्षी बिरालो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युवच्यानलमार्फत सार्वजनिक भएको हो ।  

गीतमा उनलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतमा शब्द पेन्सलभेनियामा बस्दै आएका गीतकार ईट्टाघरेको रहेको छ ।  

दिपक शर्माले संगीतवद्ध गर्नुभएको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक  भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माकोबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोमा नवराज उप्रेतीले छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।  

यस्तै, गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो । यसअघि गायक क्षेत्रीको स्वरमा रहेको ‘जाऊ हिँड, ‘दिल खोलेर भनन् लगायत भिडियोहरु सार्वजनिक भइसकेका छन् । 

प्रतिक्रिया