माओवादीले सरकारलाई दिएको समर्थन आज फिर्ता लिंदै 

राम्रो अनलाइन     २२ वैशाख २०७८, बुधबार
माओवादीले सरकारलाई दिएको समर्थन आज फिर्ता लिंदै 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुधबार संसद् सचिवालयमा बुझाउँदै छ ।मंगलबार स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाउन लागिएको स्थायी समिति सदस्य लिलामणि पौडेलले जानकारी दिए । 

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै थियो ।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना भइरहेको थियो । 

मंगलबार बसेको स्थायी कमिटी बैठकको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णयबमोजिम फिर्ता लिने निर्णय गरिएको पोखरेलले बताए ।

माओवादीले समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया