माओवादीले प्रदेशः २ का चार सांसदलाई कारबाही गर्ने

प्रदेश दलको नेतामा साह र उपनेतामा यादव चयन
राम्रो अनलाइन     २८ चैत २०७७, शनिबार
माओवादीले प्रदेशः २ का चार सांसदलाई कारबाही गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई पनि कारबाही गर्ने भएको छ । माओवादीले प्रक्रिया पुर्याउन उनीहरुलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गर्ने तयारी गरेको हो ।

काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको माओवादी बैठके यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका राचन्द्र मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारीलाई स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो । उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने माओवादीको तयारी छ ।

त्यस्तै बैठकले प्रदेश २ मा संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक चयन गरेको छ । दलका नेता रामचन्द्र मण्डल नेकपा एमालेमा लागेपछि भरतप्रसाद साहलाई चयन गरिएको हो ।

त्यस्तै दलको उपनेतमा सांसद जगत यादव र प्रमुख सचेतकमा दिलिप साह चुनिएको माओवादी केन्द्रले जनाएको छ ।

दलका नेता साह महोत्तरीबाट निर्वाचित भएका हुन् । यादव समानुपातिक सांसद हुन् भने प्रमुख सचेतक साह सिरहाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह यसअघि दलका उपनेता थिए ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

प्रतिक्रिया