माओवादीले खाइदियो एमालेतिर लाग्ने ५ मन्त्री र ३ सांसदको जागिर

राम्रो अनलाइन     २७ चैत २०७७, शुक्रबार
माओवादीले खाइदियो एमालेतिर लाग्ने ५ मन्त्री र ३ सांसदको जागिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेर एमालेतिर लाग्ने ५ मन्त्री र ३ सांसदको जागिर खाइदिएको छ । संविधानमा भएको व्यवस्था अनुसार माओवादीले कारबाही गरेपछि उनीहरुको मन्त्री र सांसद पद गएको हो । 

माोवादीले केन्द्रका ४ र प्रदेशका १ मन्त्रीलाई कारबाही गरेको हो । मन्त्री नभएका प्रदेशका ३ सांसदलाई पनि कारबाही गरेको छ ।

माओवादीले केन्द्रका सांसद लेखराज भट्ट कैलाली ४, टोपबहादुर रायमाझी अर्घाखाँची १ प्रभु साह रौतहट ३ र गौरी शंकर चौधरी कैलाली ३ लाई कारबाही गरेको हो । उनीहरुको सांसद पद बिहीबार गएको छ । ४ जना नै मन्त्री थिए ।

रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, चौधरी श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री र साह सहरी विकासमन्त्री थिए । माओवादी प्रदेश एकका सांसद  टंक आङ्बोहाङ लाई पनि कारबाही गरेको छ । उनी प्रदेश १ मा माओवादी छोडेर एमालेमा प्रवेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

त्यस्तै माओवादील मन्त्री नभएका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी तीन सांसदलाई पनि कारबाही गरेको छ । माओवादीले लुम्बिनीका दिनेश पन्थी र दधिराम न्यौपाने तथा सुदूरपश्चिम प्रदेशका झपटबहादुर बोहोरालाई कारबाही गरेको हो । उनीहरुको पनि सांसद पद खोसिएको थियो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रहेका बोहोराको बलात्कार काण्ड लागेपछि जागिर गएको थियो । 

प्रतिक्रिया